काठमाडौं । गोर्खाज फाइनान्सले सेयर लगानीकर्ताहरुको हातखाली बनाएको छ । कम्पनीले २६ गते बसेको सञ्चालक समितिको ४१६ औं बैठकले आर्थिक वर्ष २०७६-०७७ को २६ औं बार्षिक साधारणसभा बोलाएको छ ।
वैशाख २१ गते हुने हुने साधारणसभाका लागि वैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । वैशाख ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै साधारणसभामा भाग लिन पाउने छन् ।
वि.सं.२०७७ चैत २७ शुक्रवार १०:५९ मा प्रकाशित