back
NMB ad

ब्रोकरले आफ्नै पहलमा साउन १ देखि टिएमएस चलाउने, लगानीकर्तालाई यस्ता छन् सुविधा

Kumari bank ad

काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुको संयुक्त पहलमा आगामी साउन १ गतेदेखि दश भन्दा बढि राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली (टिएमएस) ल्याउने भएको छ ।

स्टक ब्रोकरर्स एसोसिएस अफ नेपालका अनुसार उक्त टिएमएस प्रणाली ल्याउन लोकलाइजेशन तथा कस्टमाइजेशनको काम तिर्ब गतिमा अगाडि बढेको जनाएको छ । सम्बन्धित पक्षहरुको उचित सहयोग पाएमा आगामी साउन १ गतेबाट उक्त प्रणाली लगानीकर्ताले प्रयोग गर्न पाउने एसोसिएसनले जनाएको छ ।

यसले चुस्त दुरुस्त सेवा प्रबाह गर्न, कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अन्त्य गर्न व्यवसायीहरुको सयुक्त पहलमा मल्टि एसेट, मल्टि एक्सचेन्ज टे«डिङ प्लेटफर्म रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत बिभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथै मोबाइल एप्लिकेशन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने जनाइएको छ ।

अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनिको आधारभूत तथा प्राबिधिक बिश्लेशण गर्न सकिने गरि यस प्रणालिमा तथ्याङ्कहरु राखिने छन् । लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने छ । स्टप लुज, टेक प्रोफिट, आफ्टर मार्केट अडर वा हाइ फ्रिक्वेन्सी टे«डिङ जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न निकैनै सहज हुनेछ ।

साथै टि प्लस टु कार्यान्वयन भएपछि लगानीकर्ताको विवरण अध्याबधिक नभएका वा प्रणालीसंग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमानै लगानीकर्ताले रकमको भुक्तानी प्रणालि मार्फत प्राप्त गर्न नसकेको भए ब्रोकर कार्यालयमा गई चेकको माध्यमबाट भुक्तानी लिनुहुन समेत लगानीकर्तालाई आग्रह गरिएको छ ।

वि.सं.२०७७ चैत ३० सोमवार १०:४२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...