काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।
आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजावीको ८९ हजार १५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ चैत ३० सोमवार १०:५० मा प्रकाशित