back
NMB ad

यही महिनादेखि जनकपुरमा रेल चल्छः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै महिनादेखि जनकपुरमा रेल सञ्चालन हुने बताउनु भएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो । ओलीले जनकपुरमा २ वटा रेल ल्याएको र अब यही महिनाबाट नै सञ्चालनमा आउने बताउनु भयो ।

उहाँका अनुसार पूर्व पश्चिम रेल मार्गको लागि कतिपय ठाँउमा ट्रयाक बनाउने, कतिपय ठाँउमा पुल बनाउने काम भइरहको तथा केही ठाँउमा जग्गा अधिग्रहरणको काम भइरहेकोले छिटै यो कामले पुर्णता पाउने छ ।

सम्बोधनका क्रममा ओलीले अहिले दैनिक साढे ५ किलो मिटर सडक निर्माण भइरहेको बताउनु भयो । हरेक दिन कम्तिमा एक भन्दा बढी झोलुङ्गे पुल, हरेक दोस्रो दिन कम्तिमा एउटा सडक पुल, हरेक तेस्रो दिन एउटा ग्रामिण सडक पुल निर्माण भइरहेको ओलीको भनाइ छ ।

पुर्व देखि पश्चिसम्म सबै ठाँउमा पुल बनेको, विभिन्न स्थानमा करिडोर बनेको, विभिन्न नाका खोलिएको, मध्येपमहाडी राजमार्ग तिब्र रुपमा निर्माण भइरहेको र स्तरोन्नती भइरहेको, मदन भण्डारी राजमार्गको बेग तिब्र रहेको ओलीको दाबी छ । पूर्व पश्चिम राजमार्ग चौडा गर्नेकाम, हुलाकी राजमार्ग निकुञ्जको कारण निर्माण हुन नसकेको बताउनु भयो । तराईमा सदरमुकाम जोडने बाटो ६ लेनसम्मको स्तरोन्नती गरेको ओलीको भनाइ छ ।

प्रम ओलीले सरकारले दशकौ पछिको सपना साकार पारिको जानकारी गराउनु भयो । अहिले पुनर्निर्माण, नयाँ निर्माणको काम भएको र त्यसले नयाँ दुरगामी महत्वका धेरै आयोजना अघि बढेको उल्लेख गर्नुभयो ।

कोरोनाको समयमा अर्थतन्त्र भन्दा जनताको जीवन पहिलो ठानेको उल्लेख गर्नुभयो । जनता बाँचे शैक्षिक संस्था चल्ने, बन्द रहेका उद्योग धन्दा चल्न सक्ने भन्दै मानिस नै नरहे यो बन्द हुने भएकाले पहिला जीवन बचाउन सरकार लागेको उहाँको तर्क छ ।

कोरोनाको समयमा समग्र आर्थिक वृद्धिदरमा समस्या भएपनि ऋणात्मक हुन नपरेको उहाँको भनाइ छ । यो अवधिमा कृषिमा राम्रो प्रगति भएको ओलीको भनाइ छ ।

ओलीका अनुसार ३० लाख ६० हजार बढीले मानिसले विभिन्न आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । महिनाको १ सयबाट सुरु गरेको भत्ता दिनमा एक सय पुगेको छ । आगामी बजेटबाट यो झनै बढ्ने छ । सामाजिक सुरक्षा भत्ता मात्रै यो वर्ष ५ लाख थपिएको ओलीको भनाइ छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार १०:४६ मा प्रकाशित

You can share this post!

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...