back
NMB ad

पुँजी बजारको लागि गौरवमय इतिहास बन्यो २०७७ साल, यी कामले निर्धारण गर्दै आगामी वर्षको बाटो

Kumari bank ad

सोभित थपलिया

काठमाडौँ । यो वर्ष पुँजी बजारको लागि निकै नै उत्साहप्रद देखिएको छ । कोरोनाको महामारीको समयमा पनि सेयर बजारले नयाँ नयाँ रेकर्ड बढाउँदै गएको छ ।

कोरोना सुरु भएपछि गत चैत ११ गतेबाट देशभर लकडाउन सुरु भयो र बजार चैत ९ गतेबाट बन्द भयो । गत चैत ९ गते १२५१.४५ बिन्दुमा रहेको परिसूचक आज (चैत ३१ गते) सम्म आइपुग्दा १४६३.३४ अङ्कले बढेर २७१४.७९ बिन्नुमा पुगेको छ । एक वर्षको अवधिमा नेपालको पुँजी बजार ११६.९४ प्रतिशतले बढेर बुलिस लय समातेको छ ।

यो वर्ष कोरोना महामारीका कारण विश्व अर्थ व्यवस्थामा असर पारेको भए पनि नेपालको पुँजी बजारमा भने केही नयाँ आयाम समेत ल्याएको छ । कोरोना भन्दा पहिला नेपालको पुँजी बजार अनलाइन मैत्री हुन सकेको थिएन । कोरोनाका कारण ब्रोकर कार्यालयहरू बन्द हुने भएपछि सेयर बजारमा ८५ प्रतिशत भन्दा बढी कारोबार अनलाइनबाट हुन थालेको छ । अनलाइन लगानीकर्ताको सङ्ख्या पनि ५ लाख नजिक पुगेको छ ।

२०७५ कात्तिक २० बाट सुरु भएको अनलाइन प्रणाली भरपर्दो, विश्वासिलो नभएको भन्दै लगानीकर्ताले प्रयोग गर्न आनाकानी गरिरहेका थिए । कोरोनाको समयमा घरबाट निस्कन नमिल्ने, सेयर कारोबार हुने गरेको कारण अधिकांश लगानीकर्ता अनलाइनबाट कारोबार गर्न थालेका हुन् ।

अनलाइन कारोवार गर्दा सेयर तथा रकम ट्रान्सफर अनलाइनमार्फत् नै गर्न मिल्ने भएपश्चात् कारोवार रकममा बढोत्तरी आएको हो ।

यो अवधिमा नेप्से तथा वाई को कम्पनीले पनि अनलाइन प्रणालीको क्षमता बढाउन धेरै काम गरेको छ । जसले गर्दा बजार अनलाइन मैत्री हुन थालेका हुन् । यसलाई यो वर्षको उपलब्धिको रूपमा हेरिएको छ ।

आईपीएसबाट रकम ट्रान्सफर गर्ने सीमा यसअघि १० लाख रहेकोमा धितोपत्र बोर्डले राष्ट्र बैंकलाई धितोपत्र कारोवारमा कुनै सीमा नलाग्ने व्यवस्था गर्न आग्रह गरेपश्चात् धितोपत्र दलालले लगानीकर्ताको खातामा रकम पठाउँदा कुनै सीमा नलाग्ने व्यवस्था भएको र लगानीकर्ताले धितोपत्र दलाललाई रकम पठाउने सीमा २० लाख पुगेको छ ।

यस्तो रकम पठाउँदा समेत कुनै सीमा नलाग्ने व्यवस्था गर्न बोर्डले राष्ट्र बैङ्कलाई आग्रह गरिरहेको जनाएको छ । यो हुँदा लगानीकर्तालाई झनै सहज हुने बोर्डको विश्वास रहको छ । यो वर्ष भएको प्राविधिक सुधारले अब जस्तोसुकै अवस्थामा पनि स्टक एक्सचेञ्च बन्द गर्न नपर्ने बोर्डको दाबी छ ।यो वर्ष भएको प्राविधिक सुधारले अब जस्तो कुनै अवस्थामा पनि पुँजी बजार बन्द हुने अवस्थाबाट माथि उठेको बोर्डको दाबी छ ।

सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी आएनन् भनेर लामो समयदेखि गुनासो हुँदै आएको थियो । यो वर्ष वास्तविक क्षेत्रका कम्पनी पुँजी बजारमा प्रवेश गर्ने आधार वर्ष बनेको छ ।

अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधिमार्फत् धितोपत्रको सार्वजनिक निष्काशन गर्न सकिने नीतिगत व्यवस्था र सो सम्बन्धी निर्देशिका यो वर्ष लागू भयो । बुक बिल्डिङ्ग विधिसम्बन्धी आवश्यक पूर्वाधार (कानूनी तथा संरचनात्मक व्यवस्था) यसै वर्ष तयार भएको छ ।

अब यस विधिमार्फत् सार्वजनिक निष्काशन गर्न चाहाने संगठित संस्थाले धितोपत्र जारी गर्न सक्दछन् । नियमनकारी निकायबाट गर्नुपर्ने काम भएको छ भने केही कम्पनीहरू यसमा इच्छुक पनि देखिएका छन् । केही संगठित संस्थाहरु यस विधिबाट सार्वजनिक निष्काशन गर्ने तयारी गरिरहेका छन् । यसको लागि धितोपत्र बोर्डले बुक बिल्डिङ विधि ल्याई सकेको छ । बोर्डले यसकै लागि भनेर योग्य संस्थागत लगानीकर्ता पनि तयार गरिसकेको छ ।

यो वर्षबाट स्डक डिलर पनि बजार प्रवेश गरेको छ । धेरै समयदेखि स्टक डिल्लरको विषयमा चर्चा हुँदै आएको थियो । तर कार्यान्वयनमा आउन सकेको थिएन । अहिले भने कार्यान्वयनमा आएको छ । स्टक डिल्लरले सेयर कारोबार पनि सुरु गरिसकेको छ । यसले सेयर बजारलाई अप्रत्याशित रूपमा उतार चढाव हुनबाट रोक्ने अपेक्षा धेरैको रहेको छ । यो सँगै सेयर बजारमा संस्थागत लगानीकर्ताको पनि प्रवेश भएको छ । यसले आगामी दिनमा अन्य संस्थागत लगानीकर्तालाई आकर्षित गराउने पनि देखिएको छ ।

यो अवधिमा केवाईसीलाई प्रविधिमा जोडेर धेरै ठाउँमा केवाईसी भर्न नपर्ने व्यवस्था पनि सुरु गरेको छ । बोर्डका अनुसार यो वर्ष ४९ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर निष्कासनको लागि स्वीकृत भएको छ । यसमा बोनस सेयर समावेश गरिएको छैन ।

के-के हुँदै छ ?

अहिले धितोपत्र बोर्डले चार वर्षे रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुर्‍याएको छ । धितोपत्र बजारलाई चरणत्रद्ध रूपमा विकास गर्नको लागि गर्नुपर्ने काम यसमा समावेश हुनेछ । यसअघि सन् २००२ मा धितोपत्र बोर्डले यस्तो योजना बनाएको थियो । त्यसपछि रोकिएको योजना अहिले पुन सुरु भएको छ । बोर्डले आगामी ४ वर्षको योजना तयारी गरिरहेको छ । यो वर्षलाई रणनीति ड्राफ्टको वर्षको रूपमा लिन सकिने बोर्डका सह प्रवक्ता रुपेश केसीको भनाइ छ ।

यस्तै कमोडिटी डेरिभेटिभ बजार विस्तार गर्न भन्दै २०७४ सालमा ऐन बनेको थियो । ऐन आएको साढे तीन वर्ष पुग्न लाग्दा पनि बोर्डको दोहोरो चरित्र र असक्षमताका कारण यो काम रोकी राखेको थियो ।

अहिले त्यसको लाइसेन्सको लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुगेको र उक्त निर्देशिका लागू गरी छिट्टै कमोडिटि डेरिभेटिभ एक्सचेन्जलाई अनुमति दिने कार्य अगाडि बढाउने योजना बोर्डको रहेको छ ।

केसीका अनुसार सरकारी ऋणपत्रको कारोवारलाई व्यवस्थित बनाई ऋणपत्र बजारको विकास विस्तार गर्न राष्ट्र बैङ्कसँग समन्वय गरेर सरकारी ऋणपत्र अभौतिकीकरणका लागि आवश्यक काम गर्ने कार्य सुरु भइसकेको छ ।

यसको परिणाम भने आगामी वर्ष मात्रै देखिने भएको छ । २०७५ सालमा प्राइभेट इक्विटी भेन्चर क्यापिटल फण्ड आए पनि यसले अझै पनि प्रभावकारी रूपमा काम गर्न सकेको छैन । पुराना कम्पनीलाई नै लाइसेन्स दिएर नियमनको दायरामा ल्याउने भनिए पनि करको विषयमा कुरा नमिलेपछि काम हुन सकेको छैन । यसमा विशिष्टीकृत लगानी कोषको सञ्चालक वा उसले चलाएको कम्पनी कालो सूचीमा नहोस् भन्ने विषयलाई लिएर नियमनको दायरामा आउन नचाहेको देखिएको छ ।

२०७५ सालमा प्राइभेट इक्विटी भेन्चर क्यापिटल फण्ड सम्बन्धी विशिष्टिकृति लगानी कोष नियमावली, २०७५ आए पनि यसको अझै पनि प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । पुराना कम्पनीलाई नै लाइसेन्स दिएर नियमनको दायरामा ल्याउने भनिए पनि कर, कालोसूची लगायत केही विषयका कारण ती संस्थाहरुले अझै बोर्डमा योजना व्यवस्थापकको अनुमतिपत्रका लागि निवेदन दिएका छैनन् ।

अब बोर्डमा विशिष्टिकृत लगानी कोष संचालनका लागि योजना व्यवस्थापकको अनुमतिपत्रका लागि निवेदन दिएका नयाँ कम्पनीलाई अनुमतिपत्र दिई विशिष्टिकृत लगानी कोष सम्बन्धी क्षेत्रको विकास विस्तार गर्ने योजनामा रहेको छ । हाल ९ कम्पनीले योजना व्यवस्थापकका लागि निवेदन दिएकोमा योग्यलाई अनुमतिपत्र दिने प्रक्रियामा रहेको बोर्डका सहप्रबक्ता रुपेश केसीले जानकारी दिए ।

गैर आवासीय नेपालीलाई पुँजी बजारमा प्रवेश गराउने विषय नयाँ होइन । यो विषय धेरै लामो समयदेखि चर्चामा रहे पनि आगामी वर्ष यो मुद्दा टुङ्गो लाग्ने भएको छ । यसको लागि धितोपत्र बोर्डले बाह्य विज्ञमार्फत् अध्ययन गराइरहेको र त्यो अध्ययन करिव करिव अन्तिम चरणमा पुगेको जनाएको छ । केसीका अनुसार सम्भव भएसम्म चालु आर्थिक वर्ष भित्रमा नै गैर आवासीय नेपालीको सेयर बजारमा प्रवेश गराउने सम्बन्धी व्यवस्थामा ब्रेकथ्रु हुने संभावना रहेको छ ।

यो वर्ष कोरोनाको कारण अन्य क्षेत्रमा बैङ्कहरूको लगानी हुन सकेन । केही समय त बैङ्कको लगानी ५० प्रतिशतको हाराहारीमा सेयर धितोकर्जामा ऋण गयो । जसले गर्दा पनि बजारमा कारोबार रकमले १० अर्ब भन्दा माथि पुग्यो । यो वर्ष बैङ्कहरूले लगानीकर्तालाई बोलाई बोलाई सेयर धितो कर्जा दिन बाध्य भए ।

यस्तै बैङ्क ब्याजदर पनि कम भयो । बैङ्कको आधार दर घट्दा बैङ्क ब्याजदर घट्ने नै भयो । बैङ्कहरूले एकल अङ्कमा समेत ब्याज दिएका कारण पनि बजार विस्तारमा धेरै नै सहयोग देखिएको छ । यो वर्ष राम्रा राम्रा कम्पनीको आइपिओ आउनाले ३३ लाखको हाराहारीमा डिम्याट खाता खुलेका छन् भने मेरो सेयर लिनेको सङ्ख्या पनि बढेको छ । २०७७ साल सेयर बजारका लागि उत्साहप्रद भएको र २०७८ साल पनि निकै उत्साहप्रद हुने सबै लगानीकर्ताको अपेक्षा रहेको छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १९:१४ मा प्रकाशित

You can share this post!

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...