back
NMB ad

विभिन्न १५ कम्पनीको ५ अर्ब ६३ लाख बराबरको आईपीओ आउँदै, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गईरहेको बेला फेरि विभिन्न कम्पनीको साढे ५ अर्ब रुपैयाँ बढीको आईपीओ आउने भएको छ ।

सेयर बजारमा विभिन्न १५ कम्पनीको ५ अर्ब ६३ करोड ३१ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् ।

धितोपत्र बोर्डको पाइपलाइनमा रहेको १५ कम्पनीहरुमध्ये अधिकांश जलविद्युत रहेका छन् । बोर्ड अनुसार एक दर्जन जलविद्युत कम्पनी,दुई लघुवित्त कम्पनी र अन्य कम्पनी रहेका छन् ।

पाइप लाइनमा रहेका कम्पनीहरुमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि बोर्डको पाइप लाइनमा रहेको छ । यस्तै मैलुङखोला जलविद्युत कम्पनी २०७४ असोज २० गतेदेखि बोर्डको पाइपलाइनमा रहेको छ ।

यी दुई वटा मात्रै पुराना कम्पनी रहेका छन् । अन्य कम्पनी पनि बोर्डको पाइपलाइनमा २०७६ र २०७७ सालदेखि बोर्डको पाइपलाइनमा रहेका छन् ।

पाइपलाइनमा सबै भन्दाबढी मध्येभोटेकोशी जलविद्युत कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था ३ करोड ८९ लाख रुपैयाँको ३ लाख ८९ हजार कित्ता आईपीओ ल्याउने तयारी गरेको छ ।

यी १५ वटै कम्पनीको आइपीओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछन् ।

कुनको कति ?

वि.सं.२०७८ वैशाख ६ सोमवार १२:३५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...