काठमाडौं । प्रभु बैंकले नुवाकोटको बेलकोमटगढी नगरपालिकाको महादेवफाँटमा शाखा संचालनमा ल्याएको छ ।
बैंकले एक कार्यक्रमकाबीच बेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा २१४औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको उद्घाटन बागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गर्नुभयो । उद्घाटनपछि मुख्य सचेतक पाण्डेले प्रभु बैंकले बैंक नपुगेका ठाउँमा पनि आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँचमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरेको धन्यवाद दिनुभयो । बैंकको यो अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउनुभयो ।
बैंकको महादेवफाँट शाखाकार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सक्ने छन् ।
स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
वि.सं.२०७८ वैशाख ८ बुधवार १६:४७ मा प्रकाशित