back
NMB ad

रिलायन्स फाइनान्सको नाफा ३७ % बढ्यो, खराब कर्जा घट्दै

Kumari bank ad

काठमाडौं । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

फाइनान्सले यो अवधिमा ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३७.३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको नाफा ६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा फाइनान्सको नाफा बढेपनि खुद ब्याज आम्दानी भने घटेको छ । यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १० करोड ७१ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १६ करोड १ लाख १३ हजार रुपैयाँ रहेको थियो । फाइनान्सको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफामा भने बढोत्तरी देखिएको छ ।

८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २४ करोड ४६ लाख रुपैयाँ रहेको छ । ५ अर्ब ७७ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ४ अर्ब १९ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सको खराब कर्जा २.६३ प्रतिशतबाट घटेर १.८८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९१ पैसा (वार्षिक) रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३२ पैसा छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार ११:५८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...