back
NMB ad

काठमाडौंका ५ ठाँउमा ५ रुपैयाँमै पाइन्छ १ लिटर पानी !

Kumari bank ad

काठमाडौँ । काठमाडौँका थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् । बानेश्वरको छक्कुपक्कु पार्क र शंखपार्कमा महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा वाटर एटीएमको शुभारम्भ गर्नुभएको छ ।

यसअघिे माघ २९ गते शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा ल्याइएका थिए । यो सँगै ५ ठाँउमा वाटर एटीएम राखिएको छ ।

यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । वटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अम्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर वटुवा प्यास मेटाउँथे । यस्ता स्थानहरु क्रमशः हराउन थालेपछि महानगरले ०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटीएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।

बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटीएम स्थापनाको उद्देश्य हो । प्रणाली शुरुवात गरेपछि मेयर शाक्यले अहिले उपभोक्तालाई नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । एटीएम जडानपछि उपभोक्ताको यो बाध्यता अन्त्य हुनेछ । मेसिनमा सिक्का खसालेर आफूलाई चाहिने जति मात्र पानी किन्न सकिन्छ ।’ स्मार्ट सहरका लागि स्मार्ट सुविधा जडान गर्ने कामलाई आफूले प्राथमिकतामा राखेको उहाँको तर्क छ ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पानीको समस्या समाधान हुनुलाई ठूलो उपलब्धी मान्नुपर्ने उल्लेख गर्नुभयो । हेर्दा, सुन्दा सामान्य जस्तो लागे पनि वाटर एटीएम सुविधा सहरी जीवनका लागि ठूलो भएको उहाँको तर्क छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डले उपत्यकाका १५ ठाउँमा यस्ता प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करीब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करीब २ करोड रुपैयाँ खर्च हुनेछ ।

अहिलेको प्रणालीभित्रै १ हजार ५ सय लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट््याङ्की राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ । महानगरसँगको सम्झौताबमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटीम स्थापना गरेर आउँदो ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटीम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ ।

उद्घाटनका क्रममा प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित उपस्थित पदाधिकारीले ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिनुभएको थियो । कपमा आएको पानी उहाँहरुले पिउनु भएको थियो ।

कसरी चलाउने वाटर एटिएम

वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा शुरुवात्मा तिरेको २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ । त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मुल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी भर्न सकिन्छ ।

क) मेसिनमा १ रुपैयाँको सिक्का मात्र चल्छ ।
ख) गोजीमा सिक्का पैसा छैन भने १० वा ५ रुपैयाँको नोटको सिक्का साट्न सकिन्छ ।
ग) सिक्का साट्न वाटर भेन्डिङ मेसिन सिक्का साट्ने मेसिन राखिएको छ ।
घ) साटेको सिक्कामध्ये १ रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुपर्छ । यसबाट २०० मिलिलिटर पानी अट्ने कागजको कप आउँछ ।
ङ) कपलाई लगेर धाराको तल राख्ने ।
च) १ रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा छिराउने ।
छ) यसमा २०० मिलिलिटर शुद्ध पिउने पानी आउँछ ।
ज) थप पानी खान मन लागे फेरि १ रुपैयाँको सिक्का खसाउँदा २०० मिलिलिटर पानी पाउन सकिन्छ ।
झ) १ लिटर पानी लिनु परे बोतल थापेर १ रुपैयाँका ५ वटा सिक्का खसाउने । १ लिटर पानी प्राप्त हुन्छ ।
ञ) प्रयोग गरिसकेको कपलाई कन्टेनरमा फालिदिने ।

वि.सं.२०७८ वैशाख १३ सोमवार ११:५२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...