काठमाडौं । देशब्यापी रुपमा कोरोना संक्रमण बढेसँगै सरकारले उपत्यकाका तीन जिल्लामा १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
आज (सोमबार) बसेको काठमाडौं, ललितपुर र भुक्तपुरका जिल्लाका सीडीओहरुको बैठकमा निषेधाज्ञा जारी गर्ने प्रस्ताव गरेका हुन् ।
अहिले प्रस्ताव गरेर निर्णयको लागि गृह मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले निर्णय गर्न भने बाँकी रहेको छ । उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने गरी निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ ।
वि.सं.२०७८ वैशाख १३ सोमवार १४:१२ मा प्रकाशित