back
NMB ad

कृषि विकास बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा घट्यो

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकले यो अवधिमा २ अर्ब ७ करोड ३० लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा १.३९% ले मात्रै बढेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड ४६ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४३ करोड १९ लाख २६ हजार रुपैयाँ छ । यो अवधिमा बैंकलाई नाफा आर्जनमा
खुद ब्याज आम्दानी र सञ्चालन नाफाले सहयोग गरेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि थोरै मात्रै वृद्धि भएको छ । सोही अनुपातमा नै बैंकको नाफा बढेको वित्तीय अवस्थाले देखाएको छ ।

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४२ करोड ८६ लाख ७ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.५३ प्रतिशतले बढी हो । यस्तै सञ्चलान मुनाफा पनि २.३० प्रतिशतले बढेर २ अर्ब ९३ करोड ४२ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको चुक्तापुँजी ९.५६ प्रतिशतले बढेर १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष झण्डै १० प्रतिशतले घटेर १० अर्ब ११ करोड ९ लाख १० हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ३.६५ प्रतिशतबाट घटेर ३.०८ प्रतिशत रहेको छ । प्रतिसेयर २२ रुपैयाँ १९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २२६ रुपैयाँ ४७ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:५७ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...