back
NMB ad

दुई दिनपछि चम्कियो सेयर बजार : कारोबार रकम भने घट्यो, दुई कम्पनीको सर्वाधिक

Kumari bank ad

काठमाडौं । लगातार दुई दिन भारी गिरावट आएको सेयर बजार मंगलबार चम्किएको छ । आज बजार ९२.४६ अंकले बढेको छ । बजार परिसुचक पनि २ हजार ५९९.०७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बजार ३.६९ प्रतिशतले बढेको उक्त दिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज भने ५ अर्ब १० करोड ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा हरियाली छाएको उक्त दिन बैंकिङ समूह ४५.१३ अंक, व्यापार समूह १९०.७२ अंक, होटेल तथा पर्यटन ३९.३५ अंक, डेभलपमेन्ट बैंक ९३.७६, जलविद्युत १५३.०८, फाइनान्स ३५.३७ अंकले बढेको छ ।

यस्तै, आज निर्जीबन बीमा ५४३.२७ अंक, माइक्रोफाइनान्स २३७ अंक, जीबन बीमा ५५८.६३, म्यूचुअल फण्ड ०.१८ र लगानी समूह ४.३४ अंकले बढेको छ ।

त्यसैगरि आज दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज उप्पर तामाकोशी र निफ्राको सर्वाधिक कारोबार भएको हो । उक्त दिन उप्पर तामाकोशीको २३ करोड ८२ लाख ६७ हजार रुपैयाँ र निफ्राको २१ करोड १६ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...