काठमाडौं । बिहीवारदेखि (वैशाख १६ गते) सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन पनि बन्द हुने भएको छ ।
एक सूचना निकाल्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गर्ने जानकारी दिएको छ ।
सूचनामा भनिएको छ , –‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं’ ।
वि.सं.२०७८ वैशाख १४ मंगलवार १६:१३ मा प्रकाशित