back
NMB ad

कोरोनाको कहरमा पनि वाणिज्य बैंकको नाफा १३.४९ % ले बढ्यो, कुनको कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले अर्थतन्त्रमा असर पारेपनि वाणिज्य बैंकहरुमा धेरै असर नपरेको देखिएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासका वित्तीय अवस्थाले त्यस्तो देखाएको छ ।

चैत महिनाको अन्तिमसम्मा बैंकहरुले १३.७९ प्रशितले नाफा बढाएका छन् । गत आवको तेस्रो त्रैमासमा बैंकहरुको नाफा ४४ अर्ब ७० करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा बैंकहरुको नाफा १३.४९ प्रतिशतले बढेर ५० अर्ब ७४ करोड २५ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

बैंकहरुको वित्तीय अवस्थामा उल्लेख्य प्रगति देखिएको छ । कोरोना महामारीका कारण पनि बैंकहरुको नाफामा धेरै असर परेको छैन । लकडाउनको कारण अन्य क्षेत्रको अवस्था खस्कदै गएपनि बैंकहरुको नाफामा भने उल्लेख्य सुधार देखिएको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था हेर्दा २७ वटा वाणिज्य बैंकमध्ये ६ वटाको नाफा घटेको छ भने अन्य बैैंकको नाफा धेरै नै बढेको छ । नाफा घट्नेमा एनसीसी बैंक, बैंक अफ काठमाण्डू, स्टयान्डर्ड चार्टर्ड, सेन्चुरी बैंक, एभेरेष्ट, हिमालयन र नेपाल एसबीआई बैंकको नाफामा भारी गिरावट आएको छ ।

यो अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकको रहेको छ । बैंकको नाफा ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ रहेको छ भने दोस्रो र तेस्रोमा क्रमशः राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा सेञ्चुरी बैंक रहेको छ ।

बैंकको नाफा ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ रहेको छ । यो बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ६०.८९ प्रतिशतले घटेको पनि छ । सिभिल, सेञ्चुरी र नेपाल एसबीआई बैंक बाहेकका सबै बैंकको नाफा अर्ब बढी रहेको छ । यी तीन बैंकको नाफा अर्ब भन्दा कम रहेको छ । प्रतिशतको आधारमा हेर्दा नाफामा छलाङ एनएमबी बैंकले मारेको छ । बैंकले नाफा ८७.७९ प्रतिशतले बढाएको छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार १२:४१ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...