काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म विशाल बजारको सेयर मूल्य ४२१ रुपैयाँले बढेर ४ हजार ६३६ रुपैयाँ पुगेको छ । महिला लघुवित्तको २५८ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ८४१ रुपैयाँ पुगेको छ ।
यस्तै, संगटी हाइड्रो इनर्जीको सेयर मुल्य पहिलो कारोबार दिनमा ७.८४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ३०६ रुपैयाँ खुला भएर ३३० रुपैयाँ पुगेको छ ।
कुनको कति पुग्यो ?
वि.सं.२०७८ वैशाख १५ बुधवार १२:३८ मा प्रकाशित