back
NMB ad

एभरेष्ट इन्स्योरेन्सले तोक्यो साधारणसभाका लागि मिति, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो जेष्ठ १० गते २६औँ साधारणसभा गर्ने भएको हो ।

कोरोना महामारीका कारण सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट गर्ने भएको कम्पनी जनाएको छ । सभा प्रयोजनका लागि वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

सभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ८ प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने र उक्त बोनस सेयर जारी गर्दा हुन आउने दशमलवपछिको अंक र पहिला यथावत कायम रहेको दशमलव पछिको अंक समेत थप गर्दा १ सेयर दिन सकिने भएमा उक्त सेयर दिई बाँकी रहन आउने दशमलवपछिको अंकलाई यथावत राख्ने विशेष प्रस्ताव रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ ।

सभामा बोनस सेयर बाँडफाँड पश्चात हुने कम्पनीको सेयर पूँजी बराबर जारी तथा चुक्तापूँजी पुर्याउने तथा कम्पनीको प्रबन्धपत्र र नियमावली सोही बमोजिम संशोधन गर्ने, निर्जीबन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने वा प्राप्ति गर्ने सम्वन्धमा संचालनक समितिलाई दिइएको अधिकारलाई निरन्तरता प्रदान गर्ने लगायतका प्रस्तवाहरु छन् ।

वि.सं.२०७८ वैशाख २० सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...