काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजकि गरेको छ ।
बुधवार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमासमा ४५ करोड ५३ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिको तुलनमा कम्पनीको नाफा ६.९५ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ । जगेडा कोष रकम २ अर्ब १८ करोड ९० हजार रुपैयाँ छ । कम्पनीले २० अर्ब ९ करोड ४३ लाख १२ हजार रुपैयाँ कर्जा सापटी लिएको छ भने २३ अर्ब ५० करोड ५८ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ २७४ रुपैयाँ १९ पैसा रहेको छ ।
वि.सं.२०७८ वैशाख २२ बुधवार १४:१७ मा प्रकाशित