काठमाडौं । कारोबारको सुरुदेखि नै गिरावट देखिएका सेयर बजार अन्तिम समयमा आईपुग्दा ५.०९ अंकले घटेर परिसूचक २६४९.६० बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६३ अंकले घटेर ४७३.८१ बिन्दुमा रोकिएको छ । २१८ कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा वित्त कम्पनी, निर्जीबन बीमा, जलविद्युत कम्पनी, टे«डिङ समूहको उपसूचकमा सामान्य सुधार आएको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।
कारोबार रकमको आधारमा प्रभु इन्स्योरेन्सको संस्थापक सेयर २३ करोड ६९ लाख ६८ हजार ७७६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र एनसीसी बैंक रहेको छ ।
वि.सं.२०७८ वैशाख २२ बुधवार १५:१७ मा प्रकाशित