back
NMB ad

यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा १८.५६ अंकको गिरावट आएको छ । बजार घटेपनि दुई कम्पनीको सेयर मूल्य भने उच्च दरमा वृद्धि भएको छ ।

आज समता घरेलु लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो । उक्त दिन समताको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात ७३ रुपैयाँले बढेर प्रतिकित्ता ८०४ रुपैयाँ पुगेको छ । रुरु जलविद्युतको सेयर मूल्य ९.८२ प्रतिशतले बढेर प्रतिकित्ता ५४८ रुपैयाँ पुगेको छ ।

यी दुई कम्पनीसहित आज कर्पोरेट डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी, बैंक अफ काडमाण्डू, सनराइज बैंक, कुमारी बैंक,माउनटेन इनर्जी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक लगातका कम्पनीका लगानीकर्ता कमाएका छन् ।

यस्तै, उक्त दिन महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ५०३ रुपैयाँले घटेर प्रतिकित्ता ४ हजार ५२७ रुपैयाँमा झरेको छ । म

हिला लघुवित्तसहित आज विशाल बजार कम्पनी, सिंगटी हाइड्रो इनर्जी, युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।

यी कम्पनीसंगै आज सर्पोट माइक्रोफाइनान्स, रैराङ हाइड्रोपावर, दिव्याश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जनउत्थान सामूदायिक लघुवित्त, बरुण हाइड्रोपावर लगायतका अन्य कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७८ वैशाख २६ आइतवार १५:४२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...