back
NMB ad

दोस्रो चरणको लकडाउन यता ४ गुणाले घट्यो तरकारीको मूल्य, कुनको कति ? (मूल्य सूचीसहित)

Kumari bank ad

काठमाडौं । देशमा दोस्रो चरणको लकडाउन सुरु भएसँगै तरकारीको मूल्य निकै घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार डेढ साता यता तरकारीको मूल्य निकै घटेको छ ।

समितिका अनुसार यो अवधिमा कुरीलोको मूल्य प्रति किलो औसातमा ३७५ रुपैयाँले बढेर ९५० रुपैयाँ पुगेको छ । वैशाख १६ गते प्रति किलो ५७५ रुपैयाँ रहेको कुरीलोको मूल्य अहिले बढेर ९५० रुपैयाँ पुगेको छ । यसको मूल्य अधिकतम १ हजार रुपैयाँसम्म पुगेको थियो । बाँकी अधिकांश तरकारीको मूल्य घटेको छ ।

यो अवधिमा आलु, घिरौला, अदुवा, तितो करेला, ब्रोकाउली, ज्यापु काउली, काँक्रो, कागती, गाँजर, खुर्सानी, गोलभेडा, च्याउको मूल्य समेत घटेको छ । यो अवधिमा तरकारीको मूल्य ४ गुणसम्म घटेको छ । वैशाख १६ मा प्रति किलो ५५ रुपैयाँ रहेको स्थानीय काउली २७ गते (आज)सम्म आईपुग्दा प्रति किलो ३० रुपैयाँले घटेर अहिले औसतमा २५ रुपैयाँ प्रति किलो रहेको छ ।

अदुवाको मूल्य प्रतिकिलो १५ रुपैयाँले मूल्य घटेर औसनमा ७५ रुपैयाँ प्रतिकिलो रहेको छ । ३१० रुपैयाँ प्रतिकिलो रहेको डल्ले च्याउ अहिले २९० रुपैयाँ रुपैयाँ रहेको छ । २५० रुपैयाँ रहेको कागती अहिले २१० रुपैयाँ औसत मूल्य रहेको छ ।

वैशाख १६ गते प्रतिकिलो ६५ रुपैयाँ रहेको तितो करेलोको औसत मूल्य अहिले साढे १७ रुपैयाँ रहेको छ । तितो करेलोको मूल्य अहिले करिब ४ गुणाले घटेको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १०:१२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...