back
NMB ad

४५% ले नाफा बढाएको नेको इन्स्योरेन्सको भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब बढी, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेको इन्स्योरेन्स कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । सोमबार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय परिणामले यस्तो देखाएको हो ।

गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४५.६० प्रतिशतले वृद्धि भएको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीकाले २४ करोड १० लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले तेस्रो त्रैमासमा १ अर्ब ९७ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६२ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको जारी बीमालेखको संख्या २ लाख २४ हजार ३९४ र नवीकरण गरिएको बीमालेखको संख्या३८ हजार ९८६ रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्नपनीको कुल दावी भुक्तानी रकम ८१ करोड ८३ लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ९ करोड ७७ लाख रुपैयाँ देखिएको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ७४ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो भने भुक्तानी हुन् बाँकी दावी रकम ४८ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कम्पनीले जगेडा तथा कोषलाई पनि बढाएको छ । गत वर्षको तेस्रो त्रैमासमा ४३ करोड १० लाख ४२ हजार रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा ६८ करोड २३ लाख १७ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीको बीमा कोषमा १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ र महाविपत्ती जगेडामा ९ करोड ६८ लाख ७४ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा, प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १६:४४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...