back
NMB ad

आइसोलसन सञ्चालनका लागि महानगर र नरदेवी आयुर्वेदिक अस्पतालविच सम्झौता

Kumari bank ad

काठमाडौं । नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र केन्द्र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ ।

यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा आज महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप के. सी. ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

कोभिड–१९ को दोस्रो लहरले काठमाडौं उपत्यकामा हरेक दिन संक्रमितहरुको संख्या बढेर अस्पतालहरुको क्षमता कमी भइरहेको छ ।

सेवा दिइरहेका स्वास्थ्य संस्थालाई पर्याप्त सेवा दिन कठिन भइरहेका बेला संरचना र जनशक्ति भएका अस्पतालहरुमा आइसोलेसन र आधारभूत उपचार सेवा सुरु गरेर उपचारकै अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भनेर सम्झौता गरिएको हो ।

सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने महानगरले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ ।

बैशाख २० गते बसेको महानगरपालिकाले नगरकार्यपालिकाको बैठकले आइसोलेसन केन्द्रहरु स्थापना गर्ने विषयमा निर्णय गरेको थियो ।

सम्झौतापछि बोल्दै महानगरका प्रमुख शाक्यले, मानवीय क्षति हुन नदिन महानगरले सरकारी र सामुदायिक अस्पतालको क्षमता बढाउन सहयोग गरिरहेको बताउनुभयो । ‘तपाईँहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ । अहिलेको सेवाबाट अस्पतालको महत्वलाई उजागर गर्नुपर्छ । महामारी व्यवस्थापनको चुनौतीसँगै यो एउटा अवसर पनि हो ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘जोखिम बढ्दो क्रममा छ । बाक्लो बस्ती भएकोले संघीय राजधानी रहेको  महानगर क्षेत्र अझ जोखिममा छ । यहाँ बसोबास गर्ने जनतालाई बचाउन साझा प्रयास गरौँ । हामी सक्छौँ । आत्मबिश्वाश बढाऔँ । महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई महानगरबाट यथोचित सहयोग हुनेछ ।’

त्यस क्रममा अस्पतालका निर्देशक डा. के. सी. ले महामारीमा आयुर्वेदिक अस्पतालले काम गर्न सक्छ भनेर विश्वाश गरेपछि महानगरलाई आफूले अभिभावकका रुपमा पाएको उल्लेख गर्नुभयो । ‘संरचना थियो । जनशक्ति थिए तर सञ्चालनका लागि स्रोत थिएन । हामी महामारी नियन्त्रणका लागि सिपाही हौँ । युद्धबाट सिपाही भाग्नु हुँदैन भन्ने हामीलाई थाहा छ । हामी भाग्दैनौँ । महानगरको सहयोगबाट उत्कृष्ट र व्यवस्थित सेवा दिने प्रयास गर्नेछौँ ।’

महानगरले अस्पतालका सञ्चालन हुने अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र चलाउन पाईपलाईन सहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत सम्भार तथा रंग रोगन गर्ने, आवश्यक थप जनशक्ति ब्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ । उपचारमा खटिएका जनशक्तिहरुलाई प्रोत्साहन भत्ता, विरामीहरुका लागि खाना खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिनेछ ।

अस्पताललाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रकममा नपुगेको रकम शोधभर्ना स्वरुप महानगरले उपलब्ध गराउनेछ ।

पहिलो चरणमा ५० बेडबाट अक्सिजनसहितको आईसोलेसन सेवा सुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमति पत्रमा उल्लेख छ । आईसोलेसनको ब्यवस्थापनका लागि दुवै पक्षबाट २/२ जना प्रतिनिधि रहने आईसोलेसन ब्यवस्थापन समिति गठन गरिनेछ । समितिले आईसोलेसन संञ्चालन ब्यवस्थापनको समग्र ब्यवस्थापन गर्नेछ ।

सम्झौता हुँदा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु दिपक के. सी., न्हुच्छकाजी महर्जन, चिनीकाजी महर्जंन, मचाराजा महर्जनसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १६:५३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...