back
NMB ad

ओलीको आरोपः तराईको डेढलाख हेक्टर जमिनमा सिञ्चाइ गर्न खोज्दा विरोध गरे

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेढलाख हेक्टर जमिन सिञ्चाइ गर्नको लागि सुरु गरेको सुनकोशी मरिन ड्राइभर्सनमा विरोध गर्नुको कुनै तर्क नभएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रम ओलीले यस्तो बताउनु भएको हो । उहाँले तराईको डेढलाख डेक्टर जमिनमा सिन्चाई गर्न खोज्दा भएको विरोध आफूले बुझन नसकेको तर्क गर्नुभयो । मानिस कुनै क्षेत्रको ठेकेदार हुन नसक्ने भन्दै आफू नभएको ठाँउमा विकास हुँदा चिन्ता नगर्न समेत आग्रह गर्नुभयो ।

प्रम ओलीले आवश्यक परेको ठाँउमा संशोधन गर्दा संविधान असुरक्षित नहुने जानकारी गराउनुभयो । प्रम ओलीले ५ वर्ष नै चलाउनको लागि आफूले विश्वासको मत मागेको बताउनु भयो । ५ वर्ष सरकार चलाउन मन नभएको भए आफूले पहिला नै राजीनामा दिने स्मरण गराउनुभयो ।

उहाँले संसद विघटन हुन्छ की भन्ने आंशका भएमा विश्वासको मत दिएर त्यो आशंका हटाउन समेत आग्रह गर्नु भएको छ ।
प्रम ओलीले धुरीबाट हामफाल्ने अनी गुरुत्वाकर्षलाई दोष दिने कार्य तत्काल बन्द गर्न समेत आग्रह गर्नुभएको छ । हाम नफाल्ने हो भने गुरत्व आकर्षले कसैलाई पनि नतान्ने उहाँको तर्क छ ।

जवाफ दिने क्रममा देशभर २७ हजार ५ सय बेड रहेको र त्यसमा साढे १६ हजार सरकारी नै रहेको स्मरण गराउँदै अहिले साढे ८ हजार बेडमा मात्रै बिरामी रहेका स्मरण गराउनु भयो । वीर अस्पतालको नयाँ भवनमा बेड थप्ने काम जारी रहेको उहाँको तर्क छ । यो अवधिमा सरकारले केही गरेन भन्नु भन्दा पनि बरु धेरै काम गरोस भनेर भन्न सबैलाई आग्रह गर्नुभएको छ ।

‘आजकाल मानिसमा पाप धर्म भन्ने नै हरायो’ प्रम ओलीले भन्नुभयो । केहीले धरहरा बनेको थिएन भनेर तर्क गरेको भन्दै धरहरा नबनेको भए आफू कसरी २० तलामा पुगेर पुष्प बृष्टि गरेको भन्दै प्रश्न गर्नु भएको छ । कसैलाई बनेको छैन भन्ने लाग्छ भने भोली नै गएर धरहरा चढन समेत आग्रह गर्नुभएको छ ।

उप–सभामुखको लागि काँग्रेसले टपरो थाप्दैनौ भनेको र केहीले हाम्रो मुख बन्द गराउन सभामुख लैजा भन्यो भनेर नमानेको समेत उल्लेख गर्नुभयो । ‘एउटै पार्टीको सभामुख र उपसभामुख बनाउनु नहुने, अर्को पार्टीको कोही नमान्ने’ उहाँले भन्नुभयो ‘बरु साथीहरुले बेलैमा पार्टी फुटाएको भए हुने नी, किन नफुटाएको ?’

सरकारलाई काम गर्न यसले दिएन भनेर आफूले भन्नु भन्दा पनि देशले देखेको जानकारी गराउनु भयो । ‘आफूले पहिला नै राजीनामा गर्न खोज्दा म सँग बहुमत थियो । अढाई महिना पर्खिए, अविश्वासको मत नै आएन’ उहाँले भन्नुभयो ‘आफुसँग बुहमत भएपछि कसरी राजीनामा दिनु ।’

वि.सं.२०७८ वैशाख २७ सोमवार १७:१० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...