काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउन असफल हुनु भएको छ ।
विश्वासको मतका लागि ओलीले राखेको प्रस्तावसँगै सोमबार बसेको बैठकमा भएको मतदानमा उहाँले विश्वासको मत आउन नसक्नु भएको हो ।
ओलीलाई विश्वासको मत पाउनको लागि १३६ मत आवश्यक पर्नेमा ९३ मत मात्रै पाउनु भएको छ । उहाँको विक्षमा भने १२४ मत परेको छ भने १५ जना सांसद तटस्थ बस्नु भएको सभामुख अग्नि सापकोटाले जानकारी गराउनु भएको छ ।
यो सँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको छ ।
वि.सं.२०७८ वैशाख २७ सोमवार १७:४५ मा प्रकाशित