काठमाडौं । बुधवार (बैशाख २९ गते) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुनको तोलामा १ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुन आजका लागि भने ९२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार तेजावी सुनको भाउ ९१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य भने बुधवार स्थिर रहेको छ । अघिल्लो तोलाको १३ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।
वि.सं.२०७८ वैशाख २९ बुधवार १०:३६ मा प्रकाशित