back
NMB ad

सम्पर्क व्यक्ति तोकेर महासंघले सुरु गर्यो कोरोना सहायता कक्ष

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकमा बढदो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ ।

महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको छ ।

कोभिड–१९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन १३ जनालाई विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको छ ।

सहायता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्पmत सम्पर्क गरि आपूmलाई आवश्यक सेवा टिपाउन सकिनेछ ।

सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसंग पहल गर्नुहुनेछ ।

समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजीरहेका धेरै मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भैरहेको छ ।

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु¥याउंदै आएको जनाएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत महासंघले यसअघि हेल्लो डाक्टर संचालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको शुरुवात गरिसकेको छ ।

महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार ११:५० मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...