back
NMB ad

नेशनल लाइफद्वारा करिब ९ अर्ब बीमाशुल्क आर्जन : नाफा कति ? यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तेस्रो त्रैमासमा ३२ करोड २५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा २.२० प्रतिशतले मात्र बढी हो ।  गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३१ करोड ५६ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ८ अर्ब ९५ करोड ४९ लाख ६० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन गत वर्षको सोही अवधिको तुलनामा ५६.३७ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ५ अर्ब ७२ करोड ६६ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ९ लाख १७ हजार ९५० रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल दावी भुक्तानी रकम २ अर्ब ९४ करोड ६६ लाख १८ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ३८ करोड ७१ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा तथा कोषमा ८१ करोड १७ लाख २३ हजार रुपैयाँ रहेको छ ।

यस्तै, जीवन बीमा कोषमा ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार रुपैयाँ र महाविपत्ती जगेडामा २९ करोड ३८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा, प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ०१ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार ११:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...