काठमाडौं । सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । बजारले विगत १ महिना अघिको २७३५.४० अंकको नयाँ रेकर्डलाई तोडेर आइतबार २७३८.२९ बिन्दुमा रोकिएको छ । कारोबारमा नेप्से सूचक ५४.२१ अंकले बढेर परिसूचक २७३८.२९ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.६४ अंकले बढेर ४८८.१४ बिन्दुमा रोकिएको छ ।
२१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ८५ करोड २० लाख ३ हजार ७६१ रुपैयाँ सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनसीसी बैंक र नेपाल इन्फ्रास्टक्चर बैंक रहेको छ ।
वि.सं.२०७८ जेठ २ आइतवार १५:१९ मा प्रकाशित