काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात आइतबार पनि रुरु जलविद्युत परियोजनाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आइतबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ८० रुपैयाँ वृद्धि भई कम्पनीको सेयर मूल्य ८८० रुपैयाँ पुगेको छ ।
उक्त दिन कम्पनीको ३६ करोड ६३ हजार २१० रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको ४ हजार १६९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ जेठ २ आइतवार १६:१८ मा प्रकाशित