काठमाडौं । बुधवार सेयर बजारमा ब्रेक लागेको छ । पछिल्लो केही दिन लगातार नयाँ रेकर्ड बनाउँदै आएको बजारमा १३.०९ अंकको गिरावट आएको छ ।
बजार परिसुचक २७८०.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह ७.३४ अंक, व्यपापार समूह ३५.७२, होटेल तथा पर्यटन १४.१२, फाइनान्स १.८५ र म्युचुअल फण्ड ०.०७ अंकले बढेका छन् ।
यस्तै, विकास बैंक ५१.९८ अंक, जलविद्युत ६०.६३, निर्जीवन बीमा १५७.९४, उत्पादन तथा प्रसोधन ६६.३९, माइक्रोफाइनान्स ८.६, जीवन बीमा २८.९२ र लगानी समूह १.८६ अंकले घटेको छ ।
बुधवार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन कम्पनीको ५५ करोड ६९ लाख १८ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४५ करोड ३४ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
वि.सं.२०७८ जेठ ५ बुधवार १५:२१ मा प्रकाशित