back
NMB ad

परिसंघले ९ अस्पताललाई दियो २ सय थान अक्सिजन सिलिण्डर

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी मार्फत उक्त अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।

परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको हो ।

यसैगरी परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेतीअञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङ्गलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशीअञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

परिसंघका अध्यक्ष्य सतिशकुमार मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको तर्फबाट सरकारलाई सधैं साथ र सहयोग रहने बताउनुभयो । उहाँले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रको तर्फबाट यस्तै सहयोग रहने उल्लेख गर्नुभयो ।

वि.सं.२०७८ जेठ ५ बुधवार २०:०३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...