back
NMB ad

जीवन बीमा कम्पनीले बीमितलाई समयमै गर्दैनन् दाबी भुक्तानी, रकम ५३.१० % ले बढ्यो (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले बीमितलाई दिनु पर्ने दाबी भुक्तानी रकम अत्याधित सुस्त देखिएको छ ।

सबै बिमितले बीमा बापतको दाबी भुक्तानी रकम समयमा नै पाउनु व्यक्तिको नैसर्गिक अधिकार नै हो । तर अहिले कम्पनीहरुले विभिन्न बाहनामा दाबी भुक्तानी प्रकृयालाई निकै ढिलाइ गरेका छन् ।

अहिले कम्पनीहरुले कोरोनाको बाहनामा दाबी भुक्तानी रकमलाई निकै सुस्त रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीले १९.०८ प्रतिशत नाफा आर्जन गर्दा जीवन बीमा कम्पनीले गर्ने दाबी भुक्तानी रकम ५३.१० प्रतिशतले बढेको छ ।

सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा १२ वटा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्दा ७ वटा कम्पनीले भने चैत मसान्तसम्मको दाबी भुक्तानीको अंक सार्वजनिक गरेका छैनन् । १२ वटा कम्पनीमा पनि २ वटा कम्पनीले गत आवको सोही अवधिको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम सार्वजनिक गरेका छन् । चालु आवको रकम उल्लेख गरेका छैनन् ।

१० वटा कम्पनीले गर्नु पर्ने दाबी भुक्तानीको रकम ५३.१० प्रतिशते बढेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ९४ करोड ६१ लाख ४२ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेकोमा चालु आवको सोही अवधिमा पुग्दा २ अर्ब ९७ करोड ९६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

१२ वटा कम्पनीमा पनि २ वटाले चालु आवको तेस्रो त्रैमाससम्मको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम उल्लेख गरेका छैनन् । १० वटा कम्पनीमा पनि ५ वटा कम्पनीको दाबी भुक्तानी गर्न बाँकी रकम बढेको छ भने ५ वटाको घटेको छ ।

यो अवधिमा सबै भन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको रहेको छ । इन्स्योरेन्सको १९८९.२७ प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा १९ लाख ६८ हजार रुपैयाँ चालु आवको सोही अवधिमा ४ करोड ११ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

प्रतिशतको आधारमा हेर्दा सिटिजन पछि एशियन लाइफ, नेपाल लाइफ, मेट लाप्फ नेशनल लाइफ इन्स्योरेन्सको रहेको छ । यी कम्पनीले दाबी गर्नुपर्ने भुक्तानी बढिरहेको छ । यता लाइफ इन्स्योरेन्स कर्पोरेशन, गुँरास लाइफ, सूर्या लाइफ, प्राइम लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको दाबी भुक्तानी हुन बाँकी रकम केही घटेको छ ।

रकमको आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ रहेको छ । दोस्रोमा ७५ करोड ३४ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ जेठ ५ बुधवार १९:२४ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...