काठमाडौं । प्रभु सेलेक्ट फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र आवेदन दिन पाउने छन् ।
प्रभु क्यापिटलले जेठ ५ गते देखि प्रतिइकाई १० रुपैयाँका दरले १ अर्बको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको छ ।
फण्डले कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाखइकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
वि.सं.२०७८ जेठ ९ आइतवार ०८:१६ मा प्रकाशित