back
NMB ad

२५ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको बीमाशुल्क, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीले कुल २२ अर्ब ९१ करोड ३० लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

संचालनमा रहेका २० निर्जीवन कम्पनीको १९ वटाले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती मध्ये नेशनल इन्स्योरेन्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

कम्पनीहरुको बीमाशुल्क आर्जन गत वर्षको सोही अवधिको तुलनामा २५.१८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैतमसान्तसम्ममा ति कम्पनीहरुले १८ अर्ब ३० करोड ३७ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

चालु आवको तेस्रो त्रैमासम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले २ अर्ब ९६ करोड ५७ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो वर्षको कम्पनीको बीमाशुल्क आर्जन १४ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६० करोड ९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

प्रतिशतका आधारमा भने सानिमा इन्स्योरेन्सको उल्लेख्य वृद्धि भएको छ । कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा ६ करोड ९१ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले यो वर्षको सोही अवधिमा ७८ करोड ६१ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ ।

तर, प्रभु इन्स्योरेन्सको भने बीमाशुल्क आर्जन यो वर्ष घटेको देखिएको छ । तेस्रो त्रैमाससम्म आउँदा कम्पनीको बीमाशुल्क ४.३१ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब २० करोड ९५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको कम्पनीले यस वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १५ करोड७२ लाख ८७ हजार रुपैयाँ मात्र आर्जन गरेको छ ।

हेर्नुहोस्, कुनको कति ?

वि.सं.२०७८ जेठ ११ मंगलवार १८:२८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...