back
NMB ad

जेठमा आधा दर्जन कम्पनीको साधारणसभा हुँदै, अधिकांश बीमा कम्पनी

Kumari bank ad

काठमाडौं । जेठ महिनामा आधा दर्जन कम्पनीले साधारणसभा गर्न भन्दै मिति तय गरेका छन् । साधारणसभा गर्न बाँकी विभिन्न ६ कम्पनीले जेठ मसान्तसम्मका लागि मिति तय गरेका हुन् ।

साधारणसभा गर्न जेठको लागि मिति तय गरेका कम्पनीमा अधिकांश इन्स्योरेन्स कम्पनी रहेका छन् । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थिति भएर सभा गर्न नसक्ने भएपछि केही कम्पनीले भुर्चअल माध्यमबाट सभा सम्पन्न गरेका छन् भने केहीले स्थगित समेत गरेका छन् ।

जेठ महिनामा साधारणसभा गर्न बाँकी रहेका ६ कम्पनीहरुमा सानिमा लाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था,हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् । आगमी जेठ २३ गते सानिमा लाइफले सभा गर्ने भएको छ । सभामा लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । जेठ २४ गतेका दिन नेपाल सेवा लघुवित्तले सभा गर्ने भएको छ । सभामा लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक तोक्ने र वीन लघुवित्त वित्तीय संस्थासंग गाभ्ने÷गाभिने मुख्य प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले उक्त दिन बुक क्लोज गर्ने जनाएको छ ।

यस्तै, जेठ २८ गते तीन कम्पनीले साधारणसभा गर्दैछन् । हिमालयन, लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सले उक्त दिन सभा गर्ने मिति तय गरेका हुन् । यी मध्ये लुम्बिनी जनरलले भने भर्चुअल माध्यमबाट सभा गर्ने भएको हो ।

हिमालयन जनरलको आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका जागि ३.७५ प्रतिशत नगद लाभांश विवरण गर्ने प्रस्ताव रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि जेठ १३ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

त्यसैगरि आव २०७६-७७ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत लाभांश पारित गर्न लुम्बिनी जनरलले सभा गर्ने भएको छ । कम्पनीले १६औँ सभा प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने भएको जनाएको छ ।

जेठ २८ गते नै सभाको मिति तय गरेको सिद्धार्थ इन्स्योरेन्सले पनि आव २०७६-७७ को मुनाफबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने छ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ जेठ १२ बुधवार १४:०६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...