back
NMB ad

१ अर्ब बढीको मास्क र सेनिटाइजर आयात : बढी भारतीय र चिनीयाँ प्रयोग, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा १ अर्ब १७ करोड ३१ लाख ३९ हजार रुपैयाँ बराबरको मास्क तथा सेनिटाइजर आयात भएको छ ।

विश्वव्यापी रुपैयाँ फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि मास्क तथा सेनिटाइजरको को अन्यधिक आयात भएको देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा ६३ करोड १० लाख ७४ हजार रुपैयाँ बराबरको मास्क र ५४ करोड २० लाख ६५ हजार रुपैयाँ बराबरको सेनिटाइजर आयात भएको हो ।

झण्डै चार दर्जन मुलुकहरुबाट मास्क र डेढ दर्जन देशहरुबाट सेनिटाइजर आयात भएको विभागले जनाएको छ । नेपालमा छिमेकी मुलुक चीन, भारत, थाइल्याण्ड, जापान, कोरिया, सिंगापुर, जर्मनी, ताइवान्,युएई, नेदरल्याण्ड, अमेरिका, बेलायत, क्यानडा लगायतका देशहरुबाट मास्क तथा सेनिटाइजर आयात हुने गरेको छ ।

बैशाख मसान्तसम्म सबैभन्दा धेरै मास्क चीनबाट आयात भएको देखिएको छ । १० महिनाको अवधिमा चीनबाट सबैभन्दा बढी ५२ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको मास्क आयात भएको तथ्याङ्कमा उल्लेख छ । दोस्रोमा छिमेकी मुलुक भारतबाट बैशाख मसान्तसम्म ६ करोड ७४ लाख ८२ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ ।

१० महिनाको अवधिमा १ हजार ७१८ टन सेनिटाइजर आयात भएको छ । भारतबाट सबैभन्दा बढी आयात भएको देखिएको छ । १० महिनाको अवधिमा भारतबाट ३८ करोड ७८ लाख १० हजार रुपैयाँ बराबरको १ हजार ३७४ टन सेनिटाइजर आयात भएको छ ।

उक्त अवधिमा चीनबाट ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको २९९ टन सेनिटाइजार आयात भएको विभागले जनाएको छ ।

कोरोना सुरु भएको केही समय पछि नेपालामा पनि मास्क तथा सेनिटाइजरको उत्पादन सुरु गरियो । जसले गर्दा यसको आयातमा केही कमी आएको थियो । तर नेपालमा उत्पादित वस्तुले माग धान्न नसकेपछि आयात गर्नुपरेको हो ।

वि.सं.२०७८ जेठ १३ बिहीवार ११:५० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...