back
NMB ad

सेयर ब्रोकर, नियामक निकायले एकैदिन बुझे १० करोड बढी कमिशन, लगानीकर्ताले कहिलेसम्म भोग्ने सास्ती ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा कारोबार रकमले आफ्नो रेकर्ड आफै ब्रेक गर्दै जाँदा सेयर लगानीकर्ताले मात्रै नभएर ब्रोकर कम्पनी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्ड, सिडिएससी तथा राज्य पनि मालामाल बनेको छ ।

बिहीबार सेयर बजारमा १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ रुपैयाँको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी रकमको कारोबार हो । एकै दिन यति धेरै रकमको सेयर कारोबार हुँदा लगानीकर्ताले १० करोड ३३ लाख ८१ हजार रुपैयाँको हाराहारीमा कमिशन तिरेका छन् ।

हामीले माथी उल्लेख गरेको रकम अनुमानित ०.३५ प्रतिशत कमिशन दरलाई आधार मानेको हो । यो अंक आवश्यकता अनुसार कम तथा बढी पनि हुन सक्छ । ब्रोकरले लगानीकर्ताबाट पाएको कमिशन बाट नेप्सेलाई २० प्रतिशत बुझाउनु पर्छ । लगानीकर्ताले सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डलाई ०.०१५ प्रतिशत धितोपत्र बोर्डलाई बुझाउनुपर्छ ।

बिहीबारको कारोबारमा नेप्सेले २ करोड ६ लाख ७६ हजार हाराहारीमा कमिशन लिएको छ । ब्रोकरले मात्रै यो दिनको कारोबारमा ८ करोड २७ लाख ४ हजार रुपैयाँ भन्दा बढी ब्रोकरको भागमा रहेको छ । यस्तै धितोपत्र बोर्डले बिहीबार ४४ लाख ३० हजार रुपैयाँ बढी कमिशन लिएको छ । यो रकम हामीले आधार मानेको प्रतिशत अनुसार भएपनि कम तथा बढी पनि हुनसक्छ । यस्तै सिडिएससीले ३६ लाख ८७ हजार रुपैयाँ बढी कमिशन लिएको छ ।

लगानीकर्ताले सेबोन, नेप्से, सिडिएससी र ब्रोकरले उक्त कमिशन लिएपनि आजसम्म लगानीकर्ताले सहजै कारोबार गर्न पाएका छैनन् । अहिले पनि सफ्टवेयर, मेरो सेयर सहज नचलेर लगानीकर्ताले अनेक दुःख भोगिरहेका । यस्तै लगानीकर्ताले लागत गणनामा पनि दुःख पाईरहेका छन् । यो समस्या समाधान गर्न तर्फ सरोकारवाला पक्षको ध्यान गएको छैन ।

कारोबारमा लगानीकर्ताले पुँजीगत लाभकरको रुपमा राज्यलाई कर पनि बुझाएका छन् । आज दिनभरमा बजार संचालक, दलाल, नियामक र डिपोजिटरीले कराडौं कमाउँदा कारोबारीमा केही कमाएका छन भने केहीले गुमाएका छन् । यो अवस्थामा सरोकारवाला पक्षले कारोबारीलाई दिने सेवा प्रभापकारी बनाउन आवश्यक रहेको लगानीकर्ताको भनाइ रहेको छ ।

लगानीकर्ताले ५० हजार सम्मको कारोबारमा ०.४०२, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३६८५, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ । यस्तै करोड भन्दा माथिको कारोबारमा ०.२६८ प्रतिशत कमिशन तिर्नुपर्छ ।

वि.सं.२०७८ जेठ १३ बिहीवार १७:२७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...