back
NMB ad

विश्वका १५ मुलुकमा पुग्यो चाँदीका गहना, २० करोड बढीको निर्यात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा नेपालबाट २० करोड बढीको चाँदीका गहना निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

१० महिनाका अवधिमा ६४६ केजीभन्दा बढी गहना निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । उक्त अवधिमा नेपालबाट २० करोड १८ लाख २५ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको विभागले जनाएको छ ।

अहिले नेपालबाट विश्वका विभिन्न १५ देशहरुमा चाँदीका गहना निर्यात हुने गरेको विभागको तथ्याङकमा उल्लेख छ । तथ्याङ्क अनुसार अमेरिका, अष्ट्रेलिया, जापान, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, नेदरल्याण्ड पोर्चुगल, सिंगापुर, स्वीटजरल्याण्ड, ताइवान लगायतका देशहरुमा निर्यात हुने गरेको छ ।

विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ । विशेषगरि ति देहरुमा नेपाली मौलिक गर-गहनाको निर्यात भएको हो ।

बैशाख मसान्तसम्म सबैभन्दा बढी अमेरिकामा निर्यात भएको छ । उक्त देशमा १३ करोड ८९ लाख २८ हजार रुपैयाँ बराबरको ४७३ केजी भन्दा बढी चाँदीका गहना पुगेको हो ।

अमेरिकापछि जापान बढी माग हुने गरेको छ । जापान बैशाख मसान्तसम्म १ करोड ४३ लाख ३४ हजार रुपैयाँ बराबरको ३१ केजी चाँदीका गहना निर्यात भएको विभागले जनाएको छ ।

चालु आवको पछिल्लो १० महिनामा ५६ केजीभन्दा बढी चाँदीका गहना अष्टे«लिया निर्यात भएको छ । वैशाख मसान्तसम्म उक्त देशमा १ करोड ३४ लाख ५२ हजार, ताइवानमा १३ लाख ४५ हजार, क्यानडामा १२ लाख ६५ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै फ्रान्समा ८१ लाख ७७ हजार रुपैयाँ बराबरको, नेदरल्याण्डमा ७७ लाख ९४ हजार, जर्मनीमा ५७ लाख ८७ हजार, स्टीटजरल्याण्डमा ५० लाख ३७ हजार, बेलायतमा २३ लाख ४ हजार, रशियन फ्रिडेशनमा २३ लाख १ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको छ ।

त्यसैगरि, पोर्चुगलमा ४ लाख ८५ हजार, बेल्जियममा २ लाख ७० हजार, इटलीमा १ लाख २९ हजार, हङकङमा १ लाख १७ हजार र सिंगापुरमा १ लाख रुपैयाँ बराबरका चाँदीका गहना निर्यात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १३:१२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...