back
Mega Long Ad

कोरोना रोकथाम तथा नियान्त्रणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा ४९ लाख रुपैयाँ सहयोग

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियान्त्रणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सात वटै प्रदेशलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सातै प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण र उपचारमा संलग्न अस्पताल तथा आइसोलेशन केन्द्रलाई ४९ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकले प्रदेश १ मा दमक नगरपालिका प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई ७/७ लाख रुपैयाँका दरले प्रदान गरेको बताइएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा विभिन्न संघ/संस्थालाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड १९ को संक्रमण बाट उत्पन्न विषम परिस्थितिमा तीन तहका सरकारहरुबाट महामारी रोकथाम, नियन्त्रण र उपचारमा हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरेको बताएको छ ।

वि.सं.२०७८ जेठ १५ शनिवार १०:२३ मा प्रकाशित

You can share this post!

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

इन्फ्रास्ट्रकचर बैंकले कति घोषणा गर्यो नगद लाभांश ?

वि.सं.२०७८ असोज ५ मंगलवार १०:३७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको...

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...