काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण गर्दै यस्तो जानकारी गराउनुभएको हो ।
यो कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, प्राविधिक शिक्षकको व्यवस्था, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान, गणुस्तर अधिवृद्धि कार्यक्रम रहेका छन् ।
वि.सं.२०७८ जेठ १५ शनिवार १७:२३ मा प्रकाशित