काठमाडौं । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज भेरोसिल खोप नेपाल आपुगेको छ ।
उक्त खोप नेपाल एयरलाइन्सले आज (१८ गते) चीनबाट उक्त खोप नेपाल ल्याएको हो ।
नेपाल वायु सेवा निगमका अनुसार दिउँसो २ बजे उक्त खोप नेपाल एयरलाइन्सको विमानले ल्याएको हो । सरकारले यो खोप ६० देखि ६५ वर्षसम्मका बृद्धबृद्धालाई लगाउने तयारी गरेको छ ।
वि.सं.२०७८ जेठ १८ मंगलवार १५:०३ मा प्रकाशित