back
NMB ad

होम आइसोलेसनमा बस्न नमिल्ने कोरोना संक्रमितलाई राख्ने व्यवस्था महानगरले गर्छः मेयर शाक्य

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले होम आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका र अक्सिजनसहितको आइसोलेसन आवश्यकता पर्ने कोभिड संक्रमितलाई महानगरपालिकाले व्यवस्थापन गरेको आइसोलेशन सेन्टरमा बस्न आग्रह गर्नुभएको छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कोभिड संक्रमण भैहाल्यो र घरमा बस्न समस्या छ भने तपाईँहरु जुन वडामा बस्नु भएको छ, त्यही वडामा सम्पर्क गर्नुहोला,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भन्नुभयो, ‘निशुल्क भोजन र अक्सिजनसहितको आइसोलसन सेन्टरमा राख्ने व्यवस्था हामी गर्छौ ।

उहाँले संक्रमण भैहाल्यो भनेर बढी आत्तिने वा उपचार गर्न डराउने अवस्था भयो भने त्यसले थप जटिल बनाउने स्मरण गराउनुभयो । उहाँले आफुलाई संक्रमणको शंका भयो र केही असहज भयो भने तत्काल उपचारको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । ‘हामी सबै मिलेर कोभिडसँगको लडाईँमा विजय प्राप्त गरौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले कार्यपालिकाको बैठक बसेर कोभिड संक्रमण दरलाई न्युनिकरण गर्ने र सजगता अपनाउँदा–अपनाउँदै संक्रमण भैहाल्यो भने उपचारका लागि अस्पतालसम्म पुगेपछि सहज उपचारको व्यवस्था होस भन्ने हेतूले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेको स्मरण गराउनुभयो ।

‘महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई आजसहित २, जनस्वास्थ्य सरोकार ट्रष्ट (काठमाडौं मोडल अस्पताल)लाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्योसँगै सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सर्तसहित क्षत्रपाटीको निशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरेर सेवा प्रदान गरिरहेका छौँ । नरदेवी आर्योवेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाकाका उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले पहिलो लहर भन्दा दोस्रो लहरको कोभिडले बढी संक्रमण बढाएको भन्दै तत्काल महानगरपालिका आफैँले अस्पताल खोल्न नसक्ने अवस्था भएकाले सरकारी र सामूदायिक अस्पतालसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो । ‘कोभिड निर्मूल पार्न सबै अस्पतालमा अक्सिजनको कमी हुन नदिने र घर-घरमा पुगेर खोप लगाउने अभियान चलाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

हेल्पिङ हेन्सका कार्यकारी प्रमुख गुप्तबहादुर श्रेष्ठले ७७ जिल्लाकै विरामी उपचार गर्न आउने अस्पतालमा महानगरपालिकाले गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । काठमाडौँ मोडल अस्पतालका कार्यकारी निर्देशक डाक्टर राजेशध्वज जोशीले काठमाडौँ महानगरपालिकाले गरेको सहयोगको सदुपयोग गर्दै धेरै भन्दा धेरै विरामीलाई सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १७:४१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...