काठमाडौं । बुधवार सुनको मूल्य स्थिर रहेको छ । साताको चौथो कारोबार दिन छापावाला सुनको भाउ स्थिर भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको र आज पनि सोही मूल्य निर्धारण गरिएको जनाएको छ । बुधवार तेजावी सुन पनि तोलाको ९४ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधवार प्रतितोला १० रुपैयाँले घटेर १३ सय ६० कायम भएको महासंले जनाएको छ । अघिल्लो दिन तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ जेठ १९ बुधवार १०:३९ मा प्रकाशित