काठमाडौं । बुधावर सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । पछिल्लो केही दिन घटेको बजार आज भने ५५.७६ अंकले बढेको हो ।
उक्त दिन बजार परिसुचक २८२७.१२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । २.०१ प्रतिशतले बजार बढ्दा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
उक्त दिन म्युचुअल फण्ड झिनो अंकले घटेको छ भने बाँकी सबै समूहमा हरियाली छाएको छ ।
उक्त दिन बैंकिङ समूह, ८.८ अंक, व्यापार समूह १५.१२, होटेल तथा पर्यटन ९२.३५, डेभलपमेन्ट बैंक २२५.६६, जलविद्युत ८१.८२, फाइनान्स १३७.८३, निर्जीवन बीमा ४७९.११, उत्पादक तथा प्रसोधन १३६.३४, माइक्रोफाइनान्स ६९.६३, जीवन बीमा३७४.१७, लगानी समूह ०.९२ र अन्य ११०.७७ अंकले बढेको छ ।
यस्तै, बुधवार नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब ३७ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
वि.सं.२०७८ जेठ १९ बुधवार १५:०५ मा प्रकाशित