काठमाडौं । सेयर बजारमा २० लाख १० हजार कित्ता सेयर थपिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको गत फागुन २५ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर बाफतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
वि.सं.२०७८ जेठ २५ मंगलवार १२:५९ मा प्रकाशित