back
NMB ad

सेयर बजारमा ठूला लगानीकर्ताको नाममा चलखेल गर्ने गिरोहको दिन सकियो, भोलिदेखि एओएन बन्द गर्ने तयारी

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले अल अर नन (एओएन) भोली (आइतबार)बाट बन्द गर्ने तयारी गरेको छ । नेप्सेका अनुसार केही ठूला लगानीकर्ताहरुले बजारमा अनावश्यक चलखेल गरेको भन्दै नेप्सेले एओएन बन्द गर्ने तयारी गरेको छ ।

नेप्सेले लामो समयदेखि एओएन बन्द गर्ने तयारी गरिरहेको समयमा धितोपत्र बोर्डले पनि बिहीबार नेप्सेलाई एक पत्र लेख्दै बन्द गर्न निर्देशन दिएको छ ।

करिब ५ साता यता सेयर बजारमा ब्रोकर कम्पनी र ठूला लगानीकर्ता मिलेर एओएनको सहारामा गलत काम भएको थाहा पाएपछि नेप्सेले यसलाई बन्द गर्न खोजिरहेको थियो । बिहीबारबाट धितोपत्र बोर्डको पत्रले गर्दा झनै सजिलो बनेको छ ।

नेप्सेका एक अधिकारीका अनुसार एओएनमार्फत धेरै कित्ता सेयर बाइ (खरिद) गर्न अर्डर राख्ने र साना लगानीकर्तालाई भ्रममा राखेर बजार चलखेल बढेपछि बन्द गर्न लागिएको हो ।

पछिल्लो करिब ४ साता यता ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बाट केही ठूला भनिएका पहुँचवाला लगानीकर्ताले ब्रोकरसँगको मिलेमतोमा अर्डर राख्दा अत्याधिक चलखेल गरेको गुनासो आएपछि उक्त काम सुरु हुन लागेको हो । त्यस्ता लगानीकर्तालाई ब्राेकरले जति पनि लिमिट छोडने भएको कारण टिएमएसबाट धेरै कित्ता सेयर किन्नुपर्ने गरी बाइ तथा सेल (खरिद, बिक्री) अर्डर राख्ने र बजारमा कृत्रिम अभाव सृजना हुने गरेको छ ।

यो बन्द गरेपछि त्यसरी उच्च मुल्यमा बाइ तथा सेल अडर्रमा राखेको सेयर आफुले राखेको मूल्यमा पुग्न लागेपछि अर्डर रद्ध गर्ने परिपाटी बन्द हुने भएको छ । यसले साना लगानीकर्ता फस्ने सम्भावना कम हुने नेप्सेको भनाइ छ । नेप्सेका एक अधिकारीका अनुसार प्राविधिक रुपमा केही काम आवश्यक भयो भने कोडिङमा कनुै परिवर्तन गर्न परेको खण्डमा समय लाग्ने छ । अन्यथा भोली नै यो हट्ने छ ।

एओएनमा धितोपत्र बोर्डले बेलैमा चासो दिएको हो र नेप्सेले पनि आफ्नो नियमन गर्ने कामलाई प्रभावकारी बनाएको थियो भने यो समस्या आउने नै थिएन । एक स्रोतका अनुसार नेप्सेले नियमनमा गरेको लापरबाहिको कारण अहिले आएर एओएन बन्द गर्नु पर्ने भएको हो ।

नेप्सेको नेतृत्व नियमनमा चुकेको, कसैले केही भन्ला की, कतैबाट धम्की आउला की भनेर डराउने र नियमन नगरी छाडा छोडेका कारण पनि टाठा बाठा, पहुँच भएका, ठूला नामधारी लगानीकर्ताले गरेको गलत कामका कारण एओएन बन्द गर्नु परेको हो ।

वि.सं.२०७८ जेठ २९ शनिवार १३:३८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...