back
NMB ad

पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तामाङलाई कारबाही गर्न अनलाइन पत्रकार संघको आग्रह

Kumari bank ad

काठमाडौं । पालिकाखबर डटकम र दैनिकी डटकममा प्रकाशित समाचारको विषयमा नुवाकोटस्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले धम्की दिएको भन्दै अनलाइन पत्रकार संघले कारबाहिकाे माग गरेकाे छ ।

जेठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा-२ सँग रहेको ३ लाख रुपैयाँसहित ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ बाट हराएको सम्बन्धी समाचार प्रकाशन भएको थियो । उक्त रकम चोरी भएको समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रकाशन गरेकै कारण गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले सचारमाध्यम र पत्रकारलाई धम्की दिएका छन् । गाँउपालिकाका अध्यक्ष तामाङले प्रेस विज्ञप्ति मार्फत ‘पालिका खबर डटकम र दैनिकी डटकम मार्फत हामी प्रति हुन पुगेको मानहानी विरुद्ध कानुनी लगायत अन्य जुन सकै तवरले उपचार खोज्न आफू तयार रहेको र सोको प्रतिवादको तयारी अवस्थामा रहनुहुन निज मिडियाहरुलाई चुनौति पेश गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछौं’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।

अध्यक्ष तामाङको उक्त विज्ञप्तिमा उल्लेख भएको ‘कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्ने भनाईले पत्रकार र संचारमाध्यममाथि नै जुनसुकै प्रकारको अक्रमण हुन सक्ने डर लागेको सघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे न्यायिक निरुण गर्ने प्रक्रियागत तथा कानुनी उपचार हुँदाहुँदै ‘जुनसुकै तवरले उपचार खोज्ने’ अध्यक्ष तामाङको धम्कीले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानुनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुनेसम्मको खतरा देखिएकोले त्यस्तो धम्की दिने अध्यक्ष तामाङमाथि कारबाही गरी स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन हामी संघीय सरकार समक्ष संघले जोडदार माग गरेको छ ।

वि.सं.२०७८ जेठ २९ शनिवार १८:२९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...