काठमाडौं । असार महिनाको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्यमा कुनै थपघट भएको छैन ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार मंलबारका लागि प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको जनाएको छ ।
अघिल्लो कारोबार दिन पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो । आजका लागि तेजावी सुनको मूल्य पनि ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ ।
यस्तै, मंगलबार चाँदीमो मूल्यमा भने गिरावट आएको छ । उक्त दिन प्रतितोला १० रुपैयाँले घटेर १३ सय ५५ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन १३ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ असार १ मंगलवार १०:५८ मा प्रकाशित