काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा १ करोड ८४ लाख ५० कित्ता सेयर सूचीकृत भएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि कायम भएको उक्त सेयर सूचीकरण भएको हो ।
सिटिजन्स बैंकको नाममा प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ अंकित दरको १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता सेयर सूचीकरण भएको हो ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई १ः०.९६ को अनुपातमा प्राप्ति गरेको थियो ।
वि.सं.२०७८ असार १ मंगलवार १४:४२ मा प्रकाशित