back
NMB ad

२ विकास बैंक र ४ फाइनान्स कम्पनीको सेयर मूल्यमा अत्याधिक चलखेल, सेबोनले सुरु गर्यो अनुसन्धान

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चलखेल गरेर सेयर मूल्य बढाएका विभिन्न ५१ कम्पनीको नामावली प्रकाशित गरेको छ ।चलखेल गरेर सेयर मूल्य बढाएका कम्पनीमा तीन डेभलपमेन्ट बैंक र चार फाइनान्स कम्पनी पनि परेका छन् ।

नारायाणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको सेयर मूल्यमा चलखेल भएको देखिएको हो । यस्तै, फाइनान्स कम्पनीहरुमा गोर्खाज, मल्टीप्रपोज, समृद्धि र नेपाल फाइनान्स रहेका छन् ।

बोर्डको अध्ययन अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य जेठ ३१ गतेसम्म आइपुग्दा ७३२ रुपैयाँ पुगेको छ । गत वर्षको बैशाख ३० गतेसम्म कम्पनीको सेयर मूल्य ११४ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ८ पैसा रहेको छ ।

यस्तै, अस्वभाविक मूल्य बढाउने कम्पनीमध्येमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य गत वर्षको बैशाख ३० गतेसम्म ४३५ रुपैयाँ रहेको थियो । यो वर्षको जेठ ३१ गतेसम्म आइपुग्दा ६९० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा ऋणात्मक देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ३६ रुपैयाँ १५ पैसा रहेको छ ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ । पछिल्लो समय केही सूचीकृत कम्पनीको सेयर मूल्यमा चलखेल गरी बढाएपछि बोर्डले अनुसन्धान गरेको थियो ।

यी हुन अस्वभाविक मूल्य वृद्धि भएका विकास बैंक र फाइनान्स कम्पनीहरु:

वि.सं.२०७८ असार १ मंगलवार १७:१९ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...